गाउँमा बौद्धिक बहस गर्दै आदिवासी जनजाति साहित्य महोत्सव सम्पन्न
gorkhapatraonline.com · Mon Nov 02 03:06:24 UTC 2026

आदिवासी जनजातिको भाषा, संस्कृति, साहित्य र परम्परागत ज्ञानको संरक्षणसँगै अधिकारका विषयमा नीतिगत बहसलाई गाउँस्तरसम्म पु¥याउने उद्देश्यले सप्तरीको सप्तकोशी नगरपालिका–५ गंगाजलीमा आयोजित दुईदिने आदिवासी जनजाति साहित्य महोत्सव सम्पन्न भएको छ ।
सप्तकोशी नगरपालिका–५ को वडा कार्यालयद्वारा कात्तिक १४ र १५ गते आयोजित महोत्सवमा भाषा, साहित्य, कला, संस्कृति, परम्परागत ज्ञान, प्रथाजनित अभ्यास र आदिवासी जनजातिका अधिकारका विषयमा बौद्धिक विमर्श गरिएको थियो । देशका विभिन्न स्थानबाट आएका आदिवासी जनजाति अगुवा, अभियन्ता, साहित्यकार, कलाकार, पत्रकार, जनप्रतिनिधि तथा विषयविज्ञले समुदायका समसामयिक चुनौती र समाधानका उपायबारे विचार प्रस्तुत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)