मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

इटहरीमा पहिलोपटक नेपथ्यको कन्सर्ट हुँदै

gorkhapatraonline.com · Mon Nov 02 03:55:17 UTC 2026

नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक सुनसरीको इटहरीमा सांगीतिक प्रस्तुति दिने भएको छ । इटहरीस्थित रंगशालामा आगामी कात्तिक १८ गते बुधबार नेपथ्यको कन्सर्ट आयोजना हुन लागेको हो ।

पूर्वाञ्चल इन्टरटेनमेन्ट प्रालिको आयोजनामा हुन लागेको कार्यक्रममा नेपथ्यका अमृत गुरुङसहित ब्यान्डका सदस्यले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नुहुनेछ । कार्यक्रमका लागि भौतिक रूपमा टिकट बिक्री गर्ने कार्य सम्पन्न भइसकेको र अब थप दुई दिन अनलाइनमार्फत टिकट बिक्री गरिने आयोजकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)