भेनेजुएलाको सेनाद्वारा कोलम्बियाली विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु
ratopati.com · Mon Nov 02 04:02:47 UTC 2026

अपुरे । भेनेजुएलाको सेनाले पश्चिमी अपुरे राज्यमा रहेको कोलम्बियाली विद्रोही समूह नेसनल लिबरेसन आर्मी (इएलएन) को शिविरमा आक्रमण गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान ड्रोन र आक्रमणकारी हेलिकप्टरबाट गरिएको हमलामा मारिने अधिकांश भेनेजुएलाका नागरिक रहेको सैन्य स्रोतले जनाएको छ।
सीमावर्ती क्षेत्रमा मानव अधिकार उल्लङ्घनको निगरानी गर्ने गैरसरकारी संस्था फन्डारेड्सका संयोजक जुआन फ्रान्सिस्को गार्सियाका अनुसार आक्रमणमा सुरुमा नौ जनाको मृत्यु भएको थियो। भोलिपल्ट थप १० शव सान फर्नान्डो लगिएको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)