मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई राउन्ड गोली चलाएर सुनसरीमा २१० किलो गाँजासहित पाँच जना पक्राउ

barnanmedia.com · Mon Nov 02 03:53:20 UTC 2026

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले हवाई फायर गरेर करिब २१० किलो गाँजासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान करिब ३ बजे दुईवटा जिपमा गाँजा लोड भइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी पाँचै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)