स्याङ्जा र दाङमा भएको दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ घाइते
kendrabindu.com · Mon Nov 02 04:14:25 UTC 2026

काठमाडौं । स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका ९ गाईश्वारामा ग. १ त ५७६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा अरु तीन जना घाइते भएका छन्।
वालिङ– हुवास भित्री पक्की सडक खण्डमा हुवासबाट वालिङतर्फ आउँदै गरेको ट्याक्टर आफैँ अनियन्त्रित भएर पल्टिन जाँदा ट्याक्टरमा सवार वालिङ – १० बस्ने ६१ बर्षीय नन्दु भन्ने नन्दलाल बुढामगर र पर्वत घर भइ वालिङ – १० नै बस्ने ४३ बर्षीय प्रेम राना मगरको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)