मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जङ्गली हात्तीमा रेडियो कलर

gorkhapatraonline.com · Mon Nov 02 04:13:35 UTC 2026

धनगढी, कात्तिक १६ गते । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा स्थानीयलाई दु:ख दिँदै आएका जङ्गली हात्तीमा रेडियो कलर जडान गरिने भएको छ । हात्तीको झुन्डले जनधनको धेरै नै क्षति गर्न थालेपछि उनीहरूको निगरानी गर्ने उद्देश्यले रेडियो कलर जडान गर्न लागिएको हो ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित मोहना लालझाडी कोरिडोर, चुरे, भावर क्षेत्र, कैलालीको वसन्ता कोरिडोर क्षेत्रमा लामो समयदेखि ओहोरदोहोर गर्दै आएका जङ्गली हात्तीमा रेडियो कलर जडान गरिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)