डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार
kendrabindu.com · Mon Nov 02 04:24:56 UTC 2026

सुर्खेत । डोल्पाको माथिल्लो क्षेत्रमा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको सोमबार बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ । गत १४ कात्तिकदेखि हिमपातका कारण सम्पर्कविहीन भएका दुई महिला र चार पुरुषसहित ६ भारतीय पर्यटकको सोमबार बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
सोमबार बिहान साढे ६ बजे उडेको हेलिकप्टरले सुरुमा दुई महिलालाई उद्धार गरी जिल्ला सदरमुकाम दुनै ल्याएको थियो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । त्यसपछि बाँकी चार पुरुषको उद्धारका लागि हेलिकप्टर पुनः घटनास्थल पुगेको थियो । उनीहरूलाई पनि सकुशल उद्धार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)