नेपाल आइपुगे डेभिड वार्नर, काठमाण्डु गोर्खाजबाट एनपीएल खेल्ने
nepalviews.com · Mon Nov 02 04:24:38 UTC 2026
काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न काठमाडौँ आइपुगेका छन्। काठमाण्डु गोर्खाजमा अनुबन्धित भएका ३९ वर्षीय वार्नर आइतबार साँझ काठमाडौँ अवतरण गरेका हुन्। जारी प्रतियोगितामा पहिलो खेलमा पराजय भोगेको काठमाण्डु गोर्खाजले आजै मध्याह्न १२:३० बजे कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्दैछ, जहाँ वार्नर मैदानमा उत्रिने सम्भावना रहेको छ।
वार्नरले नेपालमा खेल्न पाउँदा आफू निकै उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। अस्ट्रेलियाका लागि तीनवटै फर्म्याटमा शतक प्रहार गरेका सफल ब्याटर वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १८ हजार ९९५ रन बनाएका छन्, जसमा टेस्टमा ८ हजार ७८६, ओडीआईमा ६ हजार ९३२ र टी-२० आईमा ३ हजार २७७ रन सामेल छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)