चितवनमा लङ्गुरबुर्जा नियन्त्रण अभियान
reportersnepal.com · Mon Nov 02 04:30:57 UTC 2026

नारायणगढ (चितवन), १६ कात्तिक । चितवनमा लङ्गुरबुर्जा खेल्ने क्रम बढेपछि प्रहरीले नियन्त्रण अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी एकाइले दसैँ र तिहारको बीचको अवधिलाई लक्षितगरी सञ्चालन गरेको अभियानमा हालसम्म दुई हजार ३३३ वटा गोटी, ५३६ वटा पाल र ४०८ वटा बाल्टिन नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार लङ्गुरबुर्जा खेलिरहेको अवस्थामा दर्जनौँ जनालाई नियन्त्रणमा लिएर उनीहरूलाई एक रात प्रहरी नियन्त्रणमा राखेर सम्झाइबुझाइ गरी अबदेखि नखेल्ने प्रतिबद्धतासहित कागज गराएर अभिभावकको जिम्मा लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)