नेपालगन्ज–लखनउ रेल सञ्चालन गर्न माग
gorkhapatraonline.com · Mon Nov 02 04:35:39 UTC 2026

बाँके, कात्तिक १६ गते । बाँकेको सीमापारिको रुपैडिहामा रहेको नेपालगन्ज रोड रेल स्टेसनबाट लखनउका लागि सिधा रेलसेवा सञ्चालन गर्न तथा अयोध्या र बनारसका लागि छुट्ने रेलको समय परिवर्तन गर्न नेपाल र भारत दुवै देशका नागरिकले माग गरेका छन् ।
लामो प्रतीक्षापछि मिटरगेजबाट ब्राडगेजमा स्तरोन्नति भई रुपैडिहादेखि गोन्डासम्मको रेलसेवा सुचारु गरिएपछि नेपाल र भारतका नागरिकलाई अति आवश्यक पर्ने लखनउसम्म रेल सञ्चालन गर्नुपर्ने तथा बिहान ४ बजे अयोध्या हुँदै बनारसका लागि छुट्ने रेलको समय परिवर्तन गर्नुपर्ने माग गरिएको हो । दैनिक रेलयात्री सङ्घ भारत रुपैडिहाका अध्यक्ष जाफर इमाम रिजवी र नेपालगन्जका अगुवा तथा व्यवसायीले सीमावर्ती क्षेत्रका नेपाल र भारत दुवै देशका यात्रुलाई आवागमनमा सहज बनाउन रेलसेवा विस्तार तथा समय परिवर्तन गर्न माग गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)