जापानका प्रस्तावित राजदूत थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समिति बैठक आह्वान
ratopati.com · Mon Nov 02 04:55:19 UTC 2026

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समिति बैठक आह्वान भएको छ । सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्ने बैठकमा प्रस्तावित राजदूत थापाबारे निर्णय लिइने समितिले जनाएको छ ।
यसअघि असोज २८ गते भएको सुनुवाइमा प्रस्तावित राजदूत थापाको जापानको स्थायी बसोबास अनुमति पत्र रहेको भन्दै समिति सदस्य सांसदहरूले प्रश्न उठाएपछि रोकिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)