निजामतीको ई–पेन्सन : अनलाइन आवेदकलाई तीन दिनमा, आफैँ जानेलाई सात दिनमा सेवा
kendrabindu.com · Mon Nov 02 04:48:04 UTC 2026

काठमाडौं । राष्ट्रिय किताबखाना (निजामती)ले इ–पेन्सन सेवा सुरु गरेको धेरै भइसक्यो । तर, आवेदनसहित कार्यालय धाउने क्रम नरोकिएपछि किताबखानाले असोज २१ मा सूचना जारी गर्यो, ‘कात्तिक १ गतेदेखि पेन्सन पट्टाका लागि अनलाइन आवेदन अनिवार्य गर्ने गरी ।’ त्यसबाहेक नयाँ कर्मचारीको सिटरोलसम्बन्धी विवरण पनि अनलाइन प्रणालीबाटै दर्ता गर्न अनिवार्य गरेको छ ।
किताबखानाबाट जारी सूचनामा आवेदनसहितका सुविधा पाउने ठाउँहरू पनि तोकिएको छ । हरेक कार्यालयले इ–पेन्सनका लागि आवेदन दिन सक्ने व्यवस्था गर्दै ७७ वटै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)मा पनि त्यससम्बन्धी सुविधा लिन सकिने सूचना उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)