मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीले भने- एक महिनाभित्र भूमिसम्बन्धी सबै सेवा स्थानीय तहबाटै

kendrabindu.com · Mon Nov 02 04:57:51 UTC 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अबको एक महिनाभित्रमा जग्गासम्बन्धी सबै कारोबार स्थानीय तहबाट हुने बताएका छन्। सामाजिक सञ्जालमा उनले सरकारले आफ्नो शासकीय सुधार सम्बन्धी एकसय कार्यसूचीको अभिन्न अङ्गका रूपमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको जानकारी दिएका हुन्।

‘गाउँ गाउँमा सिंहदरबार, जग्गा प्रशासन स्थानीय तहबाटै,’ केही बेरअघि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म भनेकै राज्य र नागरिकबिचको दुरी घटाउँनु हो। राज्यका सेवा सुविधा पाउन टाढाका कार्यालयहरूसम्म सहजरूपमा पुग्नु नभई आवश्यक कार्यालय र तिनका सेवाहरू नागरिकसँग पुग्नु यसको अन्तिम लक्ष्य हो। यहि मर्मलाई आत्मसात गर्दै नेपाल सरकारले आफ्नो शासकीय सुधार सम्बन्धी एकसय कार्यसूचीको अभिन्न अङ्गका रूपमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको छ।’

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)