बर्दिया कारागारमा क्षमताभन्दा झन्डै चार गुणा कैदीबन्दी
kendrabindu.com · Mon Nov 02 05:03:20 UTC 2026

बर्दिया । एक सय २५ जना क्षमता रहेको कारागारमा आइतबारसम्म ४ सय ७३ जना कैदीबन्दी भरिएका छन् । झन्डै चार गुणा कैदीबन्दी भरिएपछि उनीहरू कोचिएर सुत्न बाध्य भएका छन् ।
बर्दिया कारागारमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै बन्दीगृह रहेका छन् । पुरुष कारागारमा ४ सय ३ जना कैदी र थुनुवा बन्दी छन् । महिला कारागारमा ७२ जना कैदीबन्दी र तीन जना आश्रित बालबालिका रहेका छन् । पुरुष कारागारमा सबैभन्दा बढी जबर्जस्ती करणी मुद्दाका १ सय ५३ जना कैदीबन्दी छन् । यसैगरी लागुऔषधका १ सय ३६ जना र डाँका चोरीका २९ जना कैदी तथा थुनुवा बन्दी रहेको कारागार प्रमुख लोकराज ढकालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)