मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काभ्रेमा अव्यवस्थित बसोबासीले जग्गा पाउन ढिलाइ

reportersnepal.com · Mon Nov 02 05:06:45 UTC 2026

काभ्रेपलाञ्चोक, १६ कात्तिक । भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको निवेदनप्रति यहाँका स्थानीय तहले प्राथमिकता नदिएको पाइएको छ । सरकारद्वारा गठित भूमि समस्या समाधान आयोगअन्तर्गतको जिल्ला समितिद्वारा स्थानीयस्तरबाट प्राप्त हुनुपर्ने निवेदनउपर कुनै चासो नदिइएको पाइएको हो ।

स्थानीय तहको बेवास्ताले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन ढिलाइ पनि देखिएको छ । भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराउन सरकारले आयोग गठन गरेर काम सुरु गरे पनि स्थानीय तहमा रहेका जनप्रतिनिधिले उनीहरुको समस्यालाई गम्भीर रुपमा नलिएको समितिले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)