मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारी हिमपातमा डोल्पाको दानीगढमा फसेका छ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार

bishowkhabar.com · Mon Nov 02 05:10:28 UTC 2026

काठमाडौं – भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका छ जना भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सोमबार बिहान उनीहरूलाई सकुशल उद्धार गरी जिल्ला सदरमुकाम दुनै ल्याइएको हो ।

जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे–फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर अपर डोल्पातर्फ थप यात्रामा निस्किएका पर्यटक केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा फसेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)