हिमपातमा फसेका छ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार
hamrakura.com · Mon Nov 02 00:00:00 UTC 2026

काठमाडौँ। भारी हिमपातका कारण डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका छ जना भारतीय पर्यटकलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। आज बिहान उनीहरूलाई उद्धार गरी सकुशल सदरमुकाम दुनै ल्याइएको छ।
जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे-फोक्सुण्डो तालको अवलोकन सकेर माथिल्लो डोल्पातर्फ जाँदै गरेका उनीहरू केही दिनदेखिको अत्यधिक हिमपातका कारण दानीगढ क्षेत्रमा रोकिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)