भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार
reportersnepal.com · Mon Nov 02 05:14:30 UTC 2026

कर्णाली, १६ कात्तिक । भारी हिमपातका कारण शे—फोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ ।
आज बिहान ६ जना पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरेर सकुशल सदरमुकाम दुनै ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे—फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर थप अपर डोल्पाको यात्रामा हिँडेका भारतीय छ पर्यटकहरु केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा फसेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)