मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

गोविन्द केसीलाई काठमाडौं ल्याइयो, टिचिङ अस्पताल भर्ना

nepalpress.com · Mon Nov 02 05:16:19 UTC 2026

काठमाडौं । २५ औं आमरण अनशन बसिरहेका डा. गोविन्द केसी टिचिङ अस्पताल भर्ना भएका छन् । स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई आज इलामबाट काठमाडौं ल्याइएको हो ।

केसीले विभिन्न माग राखि बिहीबार साँझ इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन शुरु गरेका थिए । अनशनको चौथो दिनमा आइपुग्दा उनको रगतमा ग्लुकोजको मात्रा निकै कम र पिसाबमा एसिटोनको मात्रा बढेपछि चिकित्सकले उनको स्वास्थ्य अवस्था जोखिमपूर्ण हुनसक्ने चेतावनी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)