मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कामना सेवा फुटसल कप सिजन ६ सम्पन्न

arthasansar.com · Mon Nov 02 05:20:46 UTC 2026

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाहरू बीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको ‘कामना सेवा फुट्सल कप’ को छैठौं सिजन आइतबार धन्यन्तरी फुट्सलमा सम्पन्न गरेको छ । प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री संगीता सुनुवारलाई बल हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यवसाय अधिकृत, प्रमुख सञ्चालन अधिकृत लगायत विभिन्न विभागका विभागीय प्रमुख तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)