मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सर्वश्रेष्ठ फिचर फिल्मको अवार्ड ‘इन दिस डार्कनेस आई सी यू’लाई

baahrakhari.com · Mon Nov 02 05:23:54 UTC 2026

काठमाडौं । काठमाडौं हरर फिल्म फेस्ट (केएचएफएफ)को दोस्रो संस्करण चलचित्र प्रदर्शन र पुरस्कार वितरण समारोहसँगै सम्पन्न भएको छ । नेपाल तथा विश्वका विभिन्न देशका हरर तथा विधागत चलचित्र स्क्रिनिङ भएका थिए ।

समापन समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, नेपालस्थित रुसी संघीय दूतावासका मिनिस्टर काउन्सिलर तथा उपनियोग प्रमुख रिनचेन राक्शायेभ, पूर्ववातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह, रसियन हाउस काठमाडौंकी निर्देशक अनास्तासिया खोख्लोभा तथा नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकको उपस्थिति थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)