मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दीमा मनसुनजन्य विपद्‌बाट करिब ८ सय घरपरिवार प्रभावित

ratopati.com · Mon Nov 02 05:29:00 UTC 2026

म्याग्दी । म्याग्दीमा यस वर्षको मनसुनजन्य विपद्‌बाट करिब आठ सय घरपरिवार प्रभावित भएका छन् । ७८९ घरपरिवार पूर्ण, आंशिक क्षति भएका र जोखिममा परेर प्रभावित भएका विवरण सङ्कलन भएको हो ।

जनप्रतिनिधि, प्राविधिक र प्रहरीको टोलीले क्षतिको तथ्याङ्क सङ्कलन गरी मुचुल्का तयार पारेका छन् । विपद्‌बाट अन्नपूर्णमा पाँच र मालिकामा दुई जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए । बेनी नगरपालिका र अन्नपूर्णमा एक/एक जना बेपत्ता छन् । गत साउनमा बेनी नगरपालिका–३ भकिम्लीमा एक जनाको मृत्यु भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)