कोप–३१ मा पर्वतीय जोखिमलाई मुख्य एजेण्डा बनाउने नेपालको तयारी, अनुदानमा आधारित जलवायु वित्तको माग
hamrakura.com · Mon Nov 02 00:00:00 UTC 2026

काठमाडौँ। नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा पर्वतीय जोखिमलाई विश्व जलवायु वार्ताको केन्द्रमा राख्न औपचारिक प्रस्ताव गर्ने भएको छ। आगामी कात्तिक २३ देखि मंसिर ४ गतेसम्म टर्कीको अन्टालियामा हुन लागिरहेको सम्मेलनका लागि सरकारले ४५ पृष्ठको राष्ट्रिय स्थिति पत्र तयार पारेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालय जलवायु परिवर्तन महाशाखा प्रमुख एवं प्रवक्ता डाक्टर महेश्वर ढकालका अनुसार जलवायु परिवर्तनमा न्यून योगदान भए पनि अत्यधिक प्रभावित बनेकाले नेपालले पर्वतीय पारिस्थितिक प्रणालीको संरक्षण र पर्वतीय जोखिमलाई वार्ताको स्थायी एजेण्डा बनाउन भूटानसँग मिलेर संयुक्त प्रस्ताव युएनएफसिसिसीको सचिवालयमा दर्ता गरिसकेको छ। हालै नेपालका भोटेकोशी, बुढीगण्डकी र भूटानमा आएका बाढीका घटनाले पर्वतीय क्षेत्र उच्च जोखिममा रहेको पुष्टि गरेकाले हिमाली क्षेत्रमा १.५ डिग्री सेल्सियसको तापक्रम वृद्धिको सीमालाई कोप–३१ को मुख्य छलफलमा राखिने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)