मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डोल्पामा हिउँमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्दार

annapurnapost.com · Mon Nov 02 05:12:59 UTC 2026

काठमाडौं : भारी हिमपातका कारण शे-फोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सोमबार बिहान ६ जना पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरेर सकुशल सदरमुकाम दुनै ल्याइएको हो।

डोल्पा प्रहरीका अनुसार शे-फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर थप अपर डोल्पाको यात्रामा हिँडेका भारतीय छ पर्यटकहरू केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा फसेका थिए । उनीहरूको आज सकुशल उद्दार भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)