एक महिनाभित्रै सबै स्थानीय तहबाट भूमि प्रशासन सेवा प्रवाह हुने प्रधानमन्त्रीको भनाइ
hamrakura.com · Mon Nov 02 00:00:00 UTC 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र साहले आगामी एक महिनाभित्र देशका सम्पूर्ण स्थानीय तहहरूबाट भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सञ्चालनमा ल्याइने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आज धारणा सार्वजनिक गर्दै उनले हाल ३३ वटा स्थानीय तहमा मात्र सीमित रहेको यो सेवा बाँकी सम्पूर्ण स्थानीय तहहरूमा विस्तार गर्न लागिएको जानकारी दिए। सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्य सूचीमा भूमि प्रशासन सेवालाई स्थानीय तहबाटै प्रवाह गर्ने लक्ष्य समावेश गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)