इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
kendrabindu.com · Mon Nov 02 05:37:37 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अदालतमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा प्रहरी हिरासतमा रहेका इनम सापकोटा प्रकरणको सत्यतथ्य छानबिन गर्न संसदीय समिति गठनको माग उठाउन पार्टीको संसदीय दललाई निर्देशन दिएका छन्।
सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सहभागी हुँदै महामन्त्री पौडेलले उक्त प्रकरणको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्न दललाई निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)