मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुख कटान र जग्गा प्राप्ति सहज बनाउन केन्द्रसँग अधिकार माग्दै कर्णाली सरकार

ratopati.com · Mon Nov 02 05:51:42 UTC 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारले वन ऐनलाई संशोधन गरी प्रदेशलाई वन सम्बन्धी अधिकार प्रत्यायोजन गर्न अनुरोध गरेको छ । सोमबार बिहान मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विकास समस्या समाधान समितिको बैठकले सङ्घीय सरकारसँग वनको अधिकार माग्ने निर्णय गरेको हो ।

‘सङ्घीय सरकारसँग समन्वय गरी सङ्घीय वन ऐन लगायत वन क्षेत्रको जग्गा प्राप्ति, भोगाधिकार प्राप्ति तथा रुख कटान सम्बन्धी कार्यमा सहज हुने गरी प्रदेश सरकारलाई नै अधिकार प्रत्यायोजन हुने गरी सङ्घीय वन ऐन संशोधन गर्न सङ्घीय सरकारलाई अनुरोध गरिनेछ,’ निर्णयमा भनिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)