मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्वदेशी फूलले बजार पाएपछि किसान उत्साहित (फोटोफिचर)

gorkhapatraonline.com · Mon Nov 02 05:56:47 UTC 2026

तिहार नजिकिँदै गर्दा मकवानपुरका सयपत्री फूल उत्पादक किसान उत्साहित भएका छन् । सरकारले भारतलगायत छिमेकी मुलुकबाट सयपत्री र मखमली फूल आयात तथा प्लास्टिकका फूलको बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि स्वदेशी उत्पादनले बजार पाउने अपेक्षासहित किसान उत्साहित भएका हुन् ।

तिहारमा बढी प्रयोग हुने सयपत्री फूल पछिल्लो समय विभिन्न कार्यक्रम, मेला तथा महोत्सवमा समेत प्रयोग हुन थालेपछि यसको व्यावसायिक खेतीप्रति किसानको आकर्षण बढेको छ । मकवानपुरमा करिब २० बिघा क्षेत्रफलमा व्यवस्थित रूपमा व्यावसायिक फूल खेती हुँदै आएको छ । जिल्लाको मनहरी, बकैया, बागमती, राक्सिराङ, भीमफेदी, मकवानपुरगढी, इन्द्रसरोवर, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा सयपत्री फूल खेती भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)