मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्रा.डा. गोविन्द केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो, त्रिवि शिक्षण अस्पतालमा उपचार सुरु

swasthyakhabar.com · Mon Nov 02 05:33:08 UTC 2026

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि उनलाई इलामबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। इलाममा २५औँ आमरण अनसनरत डा. केसीलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको छ।

अनशनको ५ दिन बित्दासम्म स्वास्थ्यमा लगातार जटिलता देखिनुका साथै श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई आइतबार रातिदेखि नै अक्सिजन दिएर उपचार सुरु गरिएको थियो। उनको स्वास्थ्य स्थिति जोखिमपूर्ण बन्दै गएपछि उपचारमा संलग्न चिकित्सकहरूले सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सिफारिस गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)