मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनास्लु क्षेत्र ४ दिनदेखि सञ्चार सम्पर्कविहीन

annapurnapost.com · Mon Nov 02 06:03:13 UTC 2026

गोरखा : मुख्य पर्यटनको सिजनका बेला मनास्लु क्षेत्र ४ दिनदेखि सञ्चार सम्पर्कविहीन भएको छ। मनास्लु क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–१, २, ४ र ५ का दर्जनौं गाउँबस्तीमा गत बिहीबारदेखि मोबाइल तथा फोरजी सेवा ठप्प रहेको त्यहाँका बासिन्दाले बताएका छन्।

मोबाइल तथा इन्टरनेट चलाउन नपाउँदा स्थानीयवासी तथा भ्रमणका क्रममा त्यहाँ पुगेका विदेशी पर्यटकलाई समस्या भएको छ। ‘जटिल भौगोलिक अवस्था रहेको हिमाली भेगमा स्थानीयवासी पनि बिरामी वा घाइते हुनसक्छन्, विदेशीहरू पनि बिरामी भएर तत्काल हवाई उद्धार गर्नुपर्ने हुनसक्छ’, वडा नं. १ का वडाअध्यक्ष कर्मा छेवाङ लामाले भने, ‘चारदिन भयो, मोबाइल पनि चलेको छैन, फोरजी पनि चलेको छैन। मोटरबाटो पनि नपुगेको ठाउँमा सञ्चार सम्पर्क पनि नचल्दा जनजीवन धेरै कष्टकर भएको छ।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)