मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो खेलअघि टीयू क्रिकेट मैदानको निरीक्षणमा पुगे डेभिड वार्नर

ratopati.com · Mon Nov 02 06:10:46 UTC 2026

काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् । गएराति नेपाल आएसँगै उनी सोमबार बिहान कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पिच निरीक्षणमा पुगेका छन् ।

काठमाडौँ गोर्खाजमा अनुबन्ध भएका वार्नरले सोमबार पहिलो खेल खेल्दैछन् । काठमाडौँ गोर्खाजले आज दिउँसो साढे १२ बजे कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्दैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)