चाड नेपालीको व्यापार विदेशीकोः तिहारका लागि आयो रु. साढे २ अर्बको ‘ड्राइफ्रुट’
corporatenepal.com · Mon Nov 02 06:05:42 UTC 2026

काठमाडौँ । दशैँ र तिहार नेपालीहरूको परापूर्वकालदेखि चल्दै आएका मौलिक पर्व हुन् । हाम्रा सांस्कृतिक परम्परामा यी पर्वहरूको विशेष महत्त्व छ । त्यसमा पनि तिहार दिदीबहिनी र दाजुभाइबीचको प्रगाढ स्नेह दर्शाउने ठूलो पर्व मानिन्छ । यस पर्वमा घरमै तयार पारिएका मौलिक परिकार र घरआँगनमा फलेका फलफूल खाने–खुवाउने परम्परा विस्तारै हराउन थालेको छ ।
पछिल्लो समय तिहारमा दाजुभाइका लागि तयार पारिने खानेकुरा तथा भाइमसलामा आयातित वस्तु हावी हुन थालेका छन् । बजारमा पाइने आकर्षक कम्बो सेटहरू छ्याप्छ्याप्ती पाइन्छन् । मानिसहरूले घरमै शुद्ध र स्वस्थकर खानेकुरा बनाउनुभन्दा बजारका तयारी कम्बो सेट खरिद गर्न बढी रुचाउन थालेका छन् । यस वर्ष पनि तिहार नजिकिँदै गर्दा विभिन्न देशहरूबाट भाइमसलाका रूपमा प्रयोग हुने सामग्रीहरू ठूलो परिमाणमा आयात भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)