प्रदीप पौडेलको प्रश्न– संसदीय समितिका छानबिन प्रतिवेदन किन लुकाइयो ?
baahrakhari.com · Mon Nov 02 06:30:37 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विभिन्न छानबिन समितिका प्रतिवेदन सरकारले लुकाएको आरोप लगाएका छन् । सिंहदरबारमा सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा पौडेलले छानबिन समितिका प्रतिवेदन सार्वजनिक नगरेको भन्दै सरकारको आलोचना गरेका हुन् ।
उनले संसद् सञ्चालन गर्न र छानबिन समितिका प्रतिवेदन सार्वजनिक गर्न माग गरे । कांग्रेसका प्रतिनिधिसभा सदस्यहरूलाई समेत प्रतिवेदनमा उल्लेख भएका विषय सार्वजनिक गराउन भूमिका खेल्न उनले आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)