मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायाधीशमाथि महाभियोगका विषयमा कानूनमन्त्रीसहित ५ रास्वपा सांसदसँग रविको परामर्श

nepalpress.com · Mon Nov 02 06:32:40 UTC 2026

काठमाडौं । सर्वोच्च अदालतका केही न्यायाधीशमाथि महाभियोग दर्ता गर्ने व्यापक चर्चाका बीच सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार सघन छलफल चलाएका छन् । उक्त पार्टीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच कानुनी व्यवसायीसमेत रहेका सांसदसँग उनले छलफल गरेका हुन् ।

कानुन मन्त्री सोभिता गौतम, मधु चौलागाईं, समीक्षा बाँस्कोटा, सुलभ खरेल र गजाला शमीम मिकरानी छलफलमा सहभागी थिए । सभापति लामिछानेले महाभियोग दर्ताका प्रक्रिया र महाभियोग लगाउने आधारहरुको विषयमा जिज्ञासा राखेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)