मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

gorkhapatraonline.com · Mon Nov 02 06:35:35 UTC 2026

चीनमा हुने ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा सहभागी हुन जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज यहाँ आयोजित कार्यक्रममा उक्त टोलीलाई बिदाइ गरेको हो ।

त्यस अवसरमा क्यानका उपाध्यक्ष रोशन सिंहले आगामी वर्ष हुने आइसिसी यु–१९ महिला विश्वकपको तयारीस्वरूप नेपाली टोलीले चीनमा सिरिज खेल्न लागेको जानकारी दिनुभयो । खेलाडीले पर्याप्त अभ्यासको अवसर पाएकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै उहाँले खेलाडीलाई परिपक्व खेल प्रदर्शन गर्न सुझाव दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)