१० लाख जितेका गौरीशंकर भन्छन्- घर मर्मत गर्छु, लोक सेवा पढ्छु
onlinekhabar.com · Mon Nov 02 06:36:23 UTC 2026

१६ कात्तिक, काठमाडौं । धनुषाको नगराइन नगरपालिका–९ घोरघासका गौरीशंकर पण्डित गाउँमा हुँदा बुवाआमालाई खेतीपातीमा सघाउँथे । खेतीको कामबाट फुर्सद मिलेको समयमा पढ्थे । दु:ख र संघर्षका बीच उनको पढाइ अघि बढिरहेको थियो । अहिले उनी धनुषामै ब्याचलर चौथो वर्षमा अध्ययनरत छन् ।
आर्थिक अभावले उनलाई बेलाबेला सताउँथ्यो । तर, अभावले उनको सपना रोक्न सकेन । सरकारी जागिर खाने लक्ष्य बोकेर एक वर्षअघि उनी काठमाडौं आए । ललितपुरको ग्वार्कोमा डेरा लिएर बस्न थाले ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)