मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा रिपब्लिकनका क्षेत्रमा डेमोक्रेट अगाडि

hamrakura.com · Mon Nov 02 00:00:00 UTC 2026

काठमाडौँ। नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा सार्वजनिक भएको न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयको पछिल्लो सर्वेक्षणले डेमोक्रेटिक उम्मेदवारहरूलाई मुख्य प्रतिस्पर्धात्मक राज्यहरूमा अग्रता मिलेको देखाएको छ।

प्रसारित सर्वेक्षण प्रतिवेदन अनुसार टेक्सासमा जेम्स तालारिकोले रिपब्लिकन उम्मेदवार केन प्याक्सटनलाई ५०–४३ प्रतिशतको फराकिलो अन्तरले पछाडि पारेका छन् भने कन्सासमा क्रिस ह्यामिल्टनले रोजर मार्सललाई ४९–४४ प्रतिशतले पछाडि पारेका छन्। मेनमा ग्राहम प्लाटनरले सुसान कोलिन्सलाई ५१–४५ प्रतिशतले तथा मिशिगनमा अब्दुल एल–सायेद ५३ प्रतिशत मतका साथ आफ्ना प्रतिस्पर्धीभन्दा अगाडि रहेका छन्। यसैगरी ओहायोमा सेरोड ब्राउन, अलास्कामा मेरी पेल्टोला र आयोवामा जोश टुरेक (४८ प्रतिशत) ले झिनो अग्रतासहित कडा प्रतिस्पर्धाको स्थिति बनाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)