बक्स अफिसमा ‘कबड्डी ५’ को आम्दानी कति ?
ratopati.com · Mon Nov 02 06:48:30 UTC 2026

काठमाडौँ । फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ले बक्स अफिसमा १० करोड बढीको व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले आइतबार (१५गते) राती ११ : ५९ सम्मको व्यवसायलाई लिएर सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा फिल्मको व्यवसाय राम्रो देखिएको हो ।
बोर्डको तथ्याङ्क अनुसार कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले अहिलेसम्म १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । यो अवधिमा फिल्मलाई ३ लाख ४६ हजार ४२७ जनाले हेरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)