मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्को प्रचण्ड बन्न हिंडेका नेताहरुको कन्तबिजोक,कहाँ भए गुमनाम ?

barnanmedia.com · Mon Nov 02 06:41:11 UTC 2026

​काठमाडौँ — तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्व र त्यसपछिको शान्ति प्रक्रिया हुँदै संसदीय राजनीतिमा आइपुग्दा पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाली राजनीतिको केन्द्रबिन्दुमा निरन्तर रहिरहे। तर, प्रचण्ड नेतृत्वको मूल पार्टीबाट जनताका आधारभूत दैनिक जनजीविकाका सवालहरू सम्बोधन हुन नसकेको र क्रान्तिलाई धोका दिएको आरोप लगाउँदै विभिन्न कालखण्डमा शीर्ष तथा दोस्रो तहका प्रभावशाली नेताहरूले पार्टी परित्याग गरे। अर्को 'प्रचण्ड' बन्ने महत्त्वाकांक्षा र नयाँ जनक्रान्तिको दाबीसहित अलग भएका ती नेताहरूको वर्तमान राजनीतिक हैसियत भने अहिले राष्ट्रिय राजनीतिमा अस्तित्व रक्षाको संकटमा खुम्चिएको छ।

​शान्ति प्रक्रियापछि माओवादीभित्र पहिलो ठूलो वैचारिक विद्रोह गर्दै वरिष्ठ नेता मोहन वैद्य 'किरण' र सिपी गजुरेलको नेतृत्वमा २०६९ सालमा नेकपा-माओवादी गठन भयो। वैद्य समूहले 'नयाँ जनवादी क्रान्ति' को बाँकी कार्यभार पूरा गर्ने दाबी गरे पनि संगठन विस्तार र जनजीविकाका मुद्दामा कुनै ठोस प्रभाव देखाउन सकेन। कालान्तरमा वैद्यबाट पनि क्रान्ति सम्भव नभएको भन्दै २०७१ मा नेत्रविक्रम चन्द 'विप्लव' ले अर्को पार्टी बनाए। विप्लवले 'एकीकृत जनक्रान्ति' को कार्यदिशा पस्किएर केही वर्ष भूमिगत गतिविधि गरे पनि अन्ततः उनी पनि शान्तिपूर्ण खुला राजनीतिमै फर्किए; तर चुनावी वा जनस्तरको राजनीतिमा उनको प्रभाव नगण्यप्रायः छ। विप्लव समूहबाट पनि विभाजन भएर धर्मेन्द्र बास्तोला लगायतका नेताहरू अलग समूहमा अलमलिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)