दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाइउँदै
kendrabindu.com · Mon Nov 02 06:54:51 UTC 2026

सप्तरी । तिहार नजिकिएसँगै जिल्लाका विभिन्न गाउँका कुमाले महिला दियो र हुक्कापाती बेचेर खर्च जुटाउने प्रयास गरिरहेका छन्। ती कुमाले महिला दीपावली अर्थात् लक्ष्मी पूजामा बाल्न राजविराज क्षेत्रका घरघर पुगेर आफ्ना उत्पादन दियो र हुक्कापाती बिक्री गर्ने कार्यमा व्यस्त रहेको पाइएको छ।
ती समुदायका विपन्न महिला दीपावलीको खर्च जुटाउन घरघर गएर हुक्कापाती बिक्री गरिरहेका राजविराज नगरपालिका–११ कविता यादवले बताइन्। उनीहरुले तिहार आउनु केही समयअघि देखि नै हुक्कापाती दियो बनाउने अनि त्यसबाट प्राप्त रकमबाट तिहारको खर्च जुटाउने विगतदेखिकै अभ्यास रहेको उनले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)