मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एलपी ग्यास उद्योग एकआपसमा गाभ्ने प्रक्रिया अघि बढ्यो

ratopati.com · Mon Nov 02 07:09:53 UTC 2026

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाइएको छ । नेपाल आयल निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका ग्यास उद्योगलाई गाभ्ने नीति कार्यान्वयन गर्न प्रक्रिया अघि बढाएको हो ।

यसैक्रममा निगमले गत कात्तिक १२ गते सबै ग्यास उद्योगलाई पत्राचार गर्दै गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुसार कार्ययोजना बनाएर प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)