चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
reportersnepal.com · Mon Nov 02 07:14:16 UTC 2026
काठमाडौँ, १६ कात्तिक । चीनमा हुने ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा सहभागी हुन जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान०द्वारा आज यहाँ आयोजित कार्यक्रममा उक्त टोलीलाई बिदाइ गरेको हो ।
त्यस अवसरमा क्यानका उपाध्यक्ष रोशन सिंहले आगामी वर्ष हुने आइसिसी यु–१९ महिला विश्वकपको तयारीस्वरूप नेपाली टोलीले चीनमा सिरिज खेल्न लागेको जानकारी दिए । खेलाडीले पर्याप्त अभ्यासको अवसर पाएकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै उनले खेलाडीलाई परिपक्व खेल प्रदर्शन गर्न सुझाव दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)