मध्यपहाडी राजमार्गको दैलेख खण्डमा काम नगर्ने श्रेष्ठ–सक्षम जेभीसँग ठेक्का तोड्ने प्रक्रिया सुरु
ratopati.com · Mon Nov 02 07:18:05 UTC 2026

काठमाडौँ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, दैलेखले सडक स्तरोन्नतिको काम अलपत्र पार्ने निर्माण कम्पनी श्रेष्ठ–सक्षम जेभी, काठमाडौँसँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको छ । आयोजना कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै ठेक्का सम्झौता किन नतोड्ने भन्दै निर्माण व्यवसायीसँग १५ दिने लिखित स्पष्टीकरण माग गरेको हो ।
कार्यालयका अनुसार दैलेखस्थित मान्घर–स्वेडा सडक खण्डलाई चौडा गर्न र कालोपत्रे स्तरमा स्तरोन्नति गर्न श्रेष्ठ–सक्षम जेभीसँग सम्झौता भएको थियो । तर, तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न बारम्बार मौखिक तथा लिखित ताकेता गर्दा समेत निर्माण व्यवसायीले कामप्रति कुनै चासो नदेखाएको, कार्यतालिका अनुसार प्रगति हासिल नगरेको र सम्झौताको दायरा बमोजिम काम नगरेको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)