मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पावर प्लेमा कर्णालीको उत्कृष्ट ब्याटिङ

nepalviews.com · Mon Nov 02 07:18:48 UTC 2026

काठमाडौं एनपीएल ३ मा आज पहिलो खेल कर्णाली याक्स र काठमान्डु गोर्खाजबीच भइरहेको छ । काठमाडान्डुका कप्तान करण केसीले टस जितेर कर्णालीलाई पहिला ब्याटिङको निम्तो दिएपछि कर्णाली अहिले ब्याटिङ गरिरहेको छ ।

कर्णालीका लागि बंगलादेशी ओपनरद्वय अरिफुल इस्लाम र जिशान आलमले इनिङ्स सुरुवात गरेका थिए । हिजो मात्र कर्णाली टिममा जोडिएका जिशान करण केसीलाई एक छक्का प्रहारलगत्तै आउट भए पनि उनका अर्का साथी अरिफुलले भने विस्फोटक ब्याटिङ गरेका छन् । कर्णालीले पावर प्लेमा एक विकेट गुमाएर ६५ रन बनाएको छ । अरिफुलले ४४ रन बनाएका छन् । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मार्क वाट पनि आज लयमा देखिएका छन् । उनले १४ रन बनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)