तीन महिनामै वैदेशिक व्यापार घाटा साढे ५ खर्ब
annapurnapost.com · Mon Nov 02 07:26:04 UTC 2026

काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा नेपालले पाँच खर्बभन्दा बढीको व्यापार घाटा बेहोर्नु परेको छ। भन्सार विभागले हालै सार्वजनिक गरेकोे तथ्यांकअनुसार देशको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४०.७१ प्रतिशतले बढेर ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा कुल वैदेशिक व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ रहेको थियो।
यद्यपि, वैदेशिक व्यापारको आकार बढे पनि देशको व्यापार घाटा भने ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँको तुलनामा ३४.७१ प्रतिशतको वृद्धि हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)