चीनमा शृंखला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
baahrakhari.com · Mon Nov 02 07:39:10 UTC 2026
काठमाडौं । चीनमा हुने ‘बेल्ट एन्ड रोड यू–१९ सिरिज’मा सहभागी हुन जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)द्वारा सोमबार आयोजित कार्यक्रममा टोलीलाई बिदाइ गरेको हो ।
त्यस अवसरमा क्यानका उपाध्यक्ष रोशन सिंहले आगामी वर्ष हुने आईसीसी यू–१९ महिला विश्वकपको तयारीस्वरूप नेपाली टोलीले चीनमा सिरिज खेल्न लागेको जानकारी दिए । खेलाडीले पर्याप्त अभ्यासको अवसर पाएकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै उनले खेलाडीलाई परिपक्व खेल प्रदर्शन गर्न सुझाव दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)