मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतको पञ्जाबमा आम आदमी पार्टीका तीन विधायक भाजपामा प्रवेश

bishowkhabar.com · Mon Nov 02 07:40:25 UTC 2026

काठमाडौं– पञ्जाबमा आम आदमी पार्टी (आप) का तीन विधायक भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन्। कुँवर विजयप्रताप सिंह, हरमीत सिंह पठानमाजरा र चेतन सिंह जौडामाजरा भाजपामा प्रवेश गरेका हुन्।

तीनै नेताले नयाँदिल्लीस्थित भाजपा मुख्यालयमा पार्टीका पञ्जाब प्रभारी सतीश पुनियाको उपस्थितिमा पार्टी सदस्यता ग्रहण गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)