न्यायाधीश महाभियोग प्रकरण : रास्वपाको निर्णय कार्यान्वयनमा अन्योल
ratopati.com · Mon Nov 02 07:45:48 UTC 2026

काठमाडौँ । सर्वोच्चका विवादित न्यायाधीशहरूलाई महाभियोग लगाउन सक्ने गरी निर्णायक कदम चाल्न संसदीय दललाई निर्देशन दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकी प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा अलमल देखिएको छ ।
बिचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायमूर्तिहरूकै ‘नेक्सस’ देखिएको प्रमाण सञ्चार माध्यममा सार्वजनिक भएपछि शनिबार रास्वपाको सचिवालय बैठकले यस प्रकरणमा जोडिएका भनिएका प्रधान न्यायाधीश डा. मनोज शर्मा बाहेक हरि फुयाल लगायत न्यायाधीशहरू सम्बन्धमा संसदबाटै तार्किक निष्कर्षमा पुर्याउन संसदीय दललाई निर्देशन दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)