इनम प्रकरण : न्यायिक सुशासनका लागि निर्मम बन्ने मौका
barnanmedia.com · Mon Nov 02 07:36:19 UTC 2026

इनम सापकोटा र उनले भेटेका न्यायाधीश तथा कुरा गरेका उच्च पदस्थहरू अहिले चर्चामा छन् । उनले नेपाली कुशासनको एउटा तस्बिर सतहमा ल्याइदिएका छन् । यो एउटा आँखीझ्याल अवश्य हो । तर यसै प्रकरणलाई सर्वोच्च अदालतभित्रको न्यायिक विचलनको एउटा मात्र घटना मानेर अनुसन्धान टुंग्याउने हो भनेचाहिँ त्यो अर्को ठूलो भूल हुनेछ।
हिमालयन होटलमा इनम सापकोटालाई भेट्न जाने न्यायाधीशहरू मात्रै चलखेलमा संलग्न छन् र अरू सबै चोखा छन् भन्ने निष्कर्ष निकालेर अनुसन्धानलाई त्यहीँ सीमित गर्नु न्यायालय शुद्धीकरण होइन, विकृतिलाई संरक्षण दिनु हुनेछ । बरु यस प्रकरणले न्यायाधीशहरूको पद, प्रतिष्ठा र आर्थिक लाभका लागि हुने अस्वस्थ प्रतिस्पर्धाको गहिराइसम्म पुग्ने अवसर दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)