मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धान नफलेपछि माडीका किसान चिन्तित

reportersnepal.com · Mon Nov 02 08:01:04 UTC 2026

नारायणगढ (चितवन), १६ कात्तिकः माडी नगरपालिका–७, कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा पाँच मुरीसम्म धान उत्पादन गर्दै आएका थिए । यसवर्ष भने नयाँ जातको धान लगाउँदा उनको खेतमा धानको बाला नै राम्रोसँग लागेन । खाँदा मिठो र मसिनो चामल दिने नयाँ जातको धान हुने हल्ला सुनेपछि उनले बीउ किनेर खेतमा रोपेका थिए ।

रोपाइँपछि धानमा क्रमशः रोग देखिन थालेपछि उनले रोग नियन्त्रणका लागि पटकपटक विषादी प्रयोग गरे । तर, धान काट्ने बेला हुँदा खेतमा धानका बोट र खोक्रा बाला मात्रै देखिए । वर्षभरि खान पुग्ने धान उत्पादन हुने अपेक्षामा खेती गरेका उनी अहिले उत्पादन नहुँदा चिन्तित छन् । “अहिले नयाँ जातको धान लगाउने भनेर लगाएको, नफलेर बर्बाद भइयो । धान काट्दा टटला मात्रै भए, दाना केही भएन”, भण्डारीले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)